उदयपुर १ को रोकिएको मतगणना अझै सुरु भएन

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
उदयपुर १ को रोकिएको मतगणना अझै सुरु भएन

उदयपुर । गणनाको क्रममा मतपत्र बढी फेला परेपछि उत्पन्न विवादका कारण रोकिएको उदयपुरको मतगणना अझै सुरु हुन सकेको छैन।

निर्वााचन क्षेत्र नं. १ को प्रतिनिधिसभाको मतपत्र गन्ने क्रममा १०७ वटा मतपत्र प्रदेशसभाको फेला परेपछि उत्पन्न विवादका कारण आइतबार दिनभर रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल गरी गणना अघि बढाउन खोजेपनि सहमति जुट्न सकेको छैन ।

नेकपा एमालेलगायत विभिन्न १५ जना उम्मेदवार तथा प्रतिनिधिहरुले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका छन् । उनीहरुले निवेदन नै पेस गरेका छन् । नेपाली कांग्रेसले भने गणना हुनुपर्ने माग राखेको छ ।

उत्पन्न विवादबारे निर्वाचन आयोगलाई पत्र लेखी पठाउने र आएको आदेश तथा निर्देशन बमोजिम अगाडि बढ्ने गरी मुख्य निर्वाचन अधिकृतले प्रक्रिया अघि बढाएको जानकारी दिइएको छ । 

फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement