चुनावबारे दक्षिण कोरिया र जापानको चासो

मंसिर ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
चुनावबारे दक्षिण कोरिया र जापानको चासो

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका दक्षिण कोरियाका निर्वाचन आयोगका आयुक्त काङ सेयोङ बाएले सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरे ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको आयोगले जनाएको छ । निर्वाचनको अवलोकन गरेकोमा कोरियाली प्रतिनिधिमण्डललाई प्रमुख आयुक्त थपलियाले धन्यवाद व्यक्त गरे ।

त्यसैगरी निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेई शुनसुकेले पनि सोमबार निर्वाचन आयोगका प्रमुखसँग भेट गरे । भेटका अवसरमा राज्यमन्त्री ताकेईले नेपालमा सम्पन्न निर्वाचन प्रक्रियाको प्रशंसा गरेको आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement