सरोकार : गृहमन्त्री लामिछानेमाथि कांग्रेसको आक्रोश किन ?

चैत्र ६, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकार : गृहमन्त्री लामिछानेमाथि कांग्रेसको आक्रोश किन ?

नयाँ सत्ता गठबन्धन बनेसँगै त्यसको भविष्यलाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेससहितका विपक्षी दलले एकातिर दिनगन्ती थालिसकेका छन् । अर्कोतर्फ सत्ताको गोलचक्करमा फेरि पनि संसद् नै हतियार बन्न थालेको छ । भरखरै प्रमुख प्रतिपक्षमा पुगेको कांग्रेसले सहकारी ठगीका आरोपित रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै संसद् गर्माएको छ । हिजो प्रतिपक्षीमा हुँदा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको प्रश्नले आज उनीहरुसँगै जवाफ खोजिरहेको छ ।

पटक-पटक प्रधानमन्त्रीको जवाफ माग्ने र सभामुखमार्फत रुलिङ गराउने एमाले र रास्वपालाई अहिले उतिबेला उठाएका आफ्नै प्रश्नका जवाफ चाहिएको छैन । सत्तामा हुँदा यिनै विषयमा चुइँक्क नबोल्ने कांग्रेसले अहिले तिनै प्रश्न बोकेर सदन तताउन थालेको छ । कांग्रेसले सहकारी गठीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा नै मागिरहेको छ ।

टेरामक्स खरिद प्रकरणमा अख्तियारले अनुसन्धान गरेका मोहनबहादुर बस्नेतदेखि बालकुमारी घटनामा दोषी देखिएका प्रकाश ज्वालासम्मका विषयमा कांग्रेस चुप बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेलाई निशाना बनाउनु पनि राजनीतिक दाउपेच मात्रै हो ।

आजको सरोकार, संसद्‍मा सत्तापक्ष र कांग्रेसबीच चलेको इगो राजनीतिमा केन्द्रित छ । सत्तामा हुँदा मौन प्रतिपक्षीमा हुँदा किन चर्को विरोध ? प्रधानमन्त्रीको प्रस्ताव गरेको भनिएका रविलाई गृहमन्त्रीका रुपमा कांग्रेसको विरोध किन ? बालकुमारी घटनाका दोषिमाथि कारबाही खोइ ? विवादित मन्त्री हटे पनि कारबाही हुनु पर्दैन ? सहकारीपीडितको न्याय कहाँ हरायो ? रुसी सेनाबाट नेपालीको फिर्ता र हमासबाट विपिन जोशीको रिहाइमा किन बोल्दैनन् दलहरु ? के नयाँ गठबन्धनको पनि दिनगन्ती सुरु भएको हो ? सरोकारको आजको अंक यही विषयमा केन्द्रित रहनेछ ।

आजको सरोकारमा प्रस्तुत छ नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, नेकपा एमालेका सचिव योगेश भट्टराई र संविधानविद् विपिन अधिकारीसँगको बहस :

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement