पाकिस्तानमा यात्रुवाहक बस सिन्धु नदीमा खस्दा २० को मृत्यु, २१ जना घाइते

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा यात्रुवाहक बस सिन्धु नदीमा खस्दा २० को मृत्यु, २१ जना घाइते

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानको पहाडी क्षेत्रमा यात्रुवाहक बस सिन्धु नदीमा खस्दा तीन महिलासहित २० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । घाइते सबैको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस रावलपिंडीबाट गिलगिट जाँदै गरेको थियो । दियामेर जिल्लाको काराकोरम राजमार्गमा रहेको गुनार फार्म नजिकै चालकले एक्कासी नियन्त्रण गुमाएपछि बस पल्टिएर सिन्धु नदीमा खसेको बताइएको छ । 

प्रधानमन्त्री शाहबाज सरिफले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य सम्पन्न भएको छ । उद्धारमा सेनाको हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.