इजरायलले रफाहमा आक्रमण नरोके संघर्ष बिराम धरापमा पर्नसक्छ : हमास

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलले रफाहमा आक्रमण नरोके संघर्ष बिराम धरापमा पर्नसक्छ : हमास

काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलले रफाहमा आक्रमण जारी राखे संघर्ष विराम नहुने चेतावनी दिएको छ ।

संघर्ष बिरामसम्बन्धी वार्ताका लागि हमासको प्रतिनिधि मण्डल दोहाबाट कायरो पुगेका बेला बेरुतमा पत्रकार सम्मेलन गरी हमासका अधिकारी ओसामा हमदानले कायरोमा हुने वार्ता इजरायलका लागि अन्तिम मौका रहेको बताएका हुन् ।

उनले इजरायली सेनाले रफाहमा आफ्नो आक्रमण जारी राखे इजरायली सेनाकै लागि घातक हुने चेतावनी दिए । हमासले संघर्ष विराम प्रस्तावलाई स्वीकार गरेको तर अब सो प्रस्ताव इजरायलले स्वीकार गर्ने वा नगर्ने विषय इजरायल सरकारको हातमा रहेको उनले प्रस्ट्याए ।

यसैबीच, इजरायली सेनाले रफाहलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । गाजाको इजिप्टसँगको सीमा पनि इजरायलले बन्द गरिदिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विगत २४ घण्टामा तीन पटक इजरायललाई नाका खोल्न र इजरायली सैनिकलाई फिर्ता बोलाउन आह्वान गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.