काठमाडौं । ब्राजिलमा लगातारको वर्षाले निम्त्याएको विपत्तीबाट जनजीवन निकै प्रभावित भएको छ । दक्षिणी राज्य रियो ग्रान्डे डो सुलामा सोमबारदेखिको वर्षा, बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । कम्तीमा १ सय ३० जना बेपत्ता भएका छन् ।
लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर डुबानमा परेका छन् भने करिब डेढ लाख मानिस विस्थापित भएका छन् । उक्त राज्यका विमानस्थलसँगै खेल मैदान पनि डुबानमा परेको बताइएको छ ।
पहिरोका कारण सडक अवरुद्ध छ भने अधिकांश पुल पनि भत्किएको बताइएको छ । अझै वर्षाको सम्भावना रहेकाले सर्तक रहन सरकारले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।