गाजाको दक्षिणी सहर रफाहमा इजरायलको हवाई आक्रमण, कम्तिमा ८० प्यालेस्टाइनीको मृत्यु

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाको दक्षिणी सहर रफाहमा इजरायलको हवाई आक्रमण, कम्तिमा ८० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजाका दक्षिणी सहर रफाहमा इजरायलले पछिल्लो २४ घण्टामा ५० स्थानमा गरेको हवाई आक्रमणमा करिब ८० जना प्यालेस्टाइनीको मृत्यु भएको छ । त्यसक्रममा एक आवासीय घरमा समेत इजरायलले हवाई हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

जसमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ । उक्त आक्रमणमा थुप्रै व्यक्ति घाइते भएका छन् । इजरायली लडाकु विमानले जमाल परिवारको घरलाई निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १५ लाखभन्दा बढी प्यालेस्टिनीहरू हाल रफाहमा शरण परिरहेका छन् ।

इजरायलले उक्त क्षेत्रमा निरन्तर भूमि आक्रमण गरिरहेको छ । अमेरिकी र पश्चिमा दबाबलाई बेवास्ता गर्दै इजरायलले आक्रमणलाई तिव्रता दिएको छ । अमेरिकाले भने उक्त क्षेत्रमा भइरहेको आक्रमणका विषयलाई लिएर पटक-पटक आपत्ति जनाइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement