केन्यामा सैन्य हेलिकोप्टर दुर्घटना, सेना प्रमुखसहित १० जनाको मृत्यु

वैशाख ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
केन्यामा सैन्य हेलिकोप्टर दुर्घटना, सेना प्रमुखसहित १० जनाको मृत्यु

काठमाडौं । केन्यामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख जनरल फ्रान्सिस ओगोलासहित १० जनाको मृत्यु भएको छ ।

केन्याको पश्चिमी पोकोट प्रान्तस्थित चेप्टुल ब्वाइज स्कुलबाट उडान भरेको केही बेरमै हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा अन्य दुई सैनिक घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको राष्ट्रपति विलियम रुटोले जनाएका छन् ।

सेना प्रमुखसहित सैनिकहरुको मृत्यु भएको सम्मानमा तीन दिन शोक बिदा दिने निर्णय सरकारले गरेको छ । उक्त घटनाको छानबिन गर्ने जिम्मा एयर फोर्सलाई दिइएको छ ।



Enter Kantipur TV HD
Advertisement