केन्यामा भारी वर्षा : जनजीवन प्रभावित, किसुमु र किरिन्यागा प्रान्तमा १३ जनाको मृत्यु

बाढीबाट झन्डै ३ हजार घरपरिवार विस्थापित
वैशाख ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
केन्यामा भारी वर्षा : जनजीवन प्रभावित, किसुमु र किरिन्यागा प्रान्तमा १३ जनाको मृत्यु

काठमाडौं । भारी वर्षाका कारण केन्याका जनजीवन प्रभावित भएको छ ।

भारी वर्षाका कारण बुधबार आएको बाढीले केन्याका किसुमु र किरिन्यागा प्रान्तमा करिब १३ जनाको मृत्यु भएको छ । बाढीका कारण झन्डै तीन हजार घरपरिवार विस्थापित भएका छन् भने ३३९ भन्दा बढी गाईवस्तु मरेको सहायता एजेन्सीहरूले जनाएका छन् ।

उक्त क्षेत्रमा हजारौं मानिस फसिरहेको समाचारमा जनाइएको छ । एक महिला बाढीले भरिएको पुल पार गर्ने प्रयास गर्दा डुबेको र स्थानीय बासिन्दाले पछि उनको शव नदीकिनार फेला पारेको जनाइएको छ ।

त्यहाँको मौसम विज्ञानका अनुसार केन्यामा भारी वर्षा जारी रहने अपेक्षा गरिएको छ । बाढीपहिरोको प्रभावलाई कम गर्न पूर्वाधारमा जोड दिन स्थानीयले सरकारसँग माग गरेका छन् ।



Enter Kantipur TV HD
Advertisement