अमेरिकामा आक्रमणकारीको गोली लागेर चार प्रहरीको मृत्यु

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा आक्रमणकारीको गोली लागेर चार प्रहरीको मृत्यु

काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलाइनास्थित शार्लोटमा चार प्रहरी अधिकारी मारिएका छन् । आक्रमणकारीको गोली लागेर अन्य तीन प्रहरी घाइते भएका छन् । जवाफी कारबाहीमा एक आक्रमणकारी पनि मारिएको स्थानीय प्रहरीले जनाएको छ ।

चार्लोट-मेक्लेनबर्ग पुलिस विभागका प्रमुख जोनी जेनिङ्सका अनुसार आक्रमणकारीले बन्दुक राखेको विषयमा छानबिन गर्न प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए । लगत्तै आक्रमणकारीले गोली चलाउँदा अमेरिकी मार्शल टास्क फोर्सका चार अधिकारी मारिएका हुन् । 

जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएको र उक्त घरमा रहेका अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.