युक्रेनद्वारा विपन्न देशहरूलाई १५० मिलियन डलरको खाद्य सहयोग

मंसिर ११, २०७९
युक्रेनद्वारा विपन्न देशहरूलाई १५० मिलियन डलरको खाद्य सहयोग

किएभ । अनिकाल र खडेरीको चपेटामा परेका देशहरूका लागि विभिन्न साझेदारहरूसँग मिलेर युक्रेनी राष्ट्रपति भ्लोडिमीर जेलेन्स्कीले १५० मिलियन डलर खाद्य सहयोग गर्ने भएका छन्  । शनिवार किएभमा युक्रेनको सरकार र उसका साझेदारहरूले यो योजना सुरु गर्न सम्मेलनको आयोजना गरेका थिए ।

'युक्रेनबाट खाद्य' नामक पहल विश्वव्यापी खाद्य सुरक्षाका लागि केवल शब्द मात्र नभई एक ठोस् कदम पनि भएको जेलेन्स्कीले बताएका छन् । उक्त सहयोगका लागि किएभले इथियोपिया, सुडान, दक्षिण सुडान, सोमालिया र यमन लगायतका देशहरूमा खाद्यान्न निर्यात गर्न २० भन्दा बढी देशका साथै युरोपेली सङ्घबाट १५० मिलियन डलर जुटाएको हो । जेलेन्स्कीका अनुसार युक्रेनी बन्दरगाहबाट खाद्य सङ्कट भएका देशहरूमा कम्तीमा ६० जहाजहरू पठाइने छ ।

सम्मेलनमा बेल्जियम, पोल्याण्ड र लिथुआनियाका प्रधानमन्त्री र हंगेरीका राष्ट्रपति व्यक्तिगत तहमा सहभागी भएका थिए । जर्मनी र फ्रान्सका राष्ट्रपतिहरू र युरोपेली आयोगका प्रमुखले भने  भिडियो मार्फत सम्बोधन गरेका थिए ।

युद्ध भए देखिनै रुसले युक्रेनी बन्दरगाहहरूमा गरेको नाकाबन्दीले खाद्य सुरक्षामा गम्भीर खतरा पुगेको युक्रेनको आरोप छ । 


Enter Kantipur TV HD
Advertisement