जिल्ला अस्पतालले बिमाको रकम पाएन, फार्मेसी र ल्याब चलाउनै कठिन

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
जिल्ला अस्पतालले बिमाको रकम पाएन, फार्मेसी र ल्याब चलाउनै कठिन

ताप्लेजुङ । बिमाबापतको ५७ लाख रुपैयाँ नपाएपछि जिल्ला अस्पताल ताप्लेजुङ फार्मेसी र ल्याब सेवा बन्द गर्ने अवस्थामा पुगेको छ ।

विभागीय अनुरोधबाट रकम नआएपछि अस्पताल प्रशासनले प्रतिनिधिसभाका सांसद योगेश भट्टराईसँग पहल गरिदिन भन्दै गुहार मागेको छ । २०७८ जेठदेखि बिमा उपचार सुरु गरेको अस्पतालले सोही अवधिदेखिको पाउनुपर्ने ६१ लाख रुपैयाँमध्ये दुईपटक गरी ५ लाख मात्रै पाएको छ ।

यसै आर्थिक वर्ष पुस मसान्तसम्मको गरी ५६ लाख ५७ हजार रुपैयाँ पाउन बाँकी रहेको निमित्त कार्यालय प्रमुख विजया राईले जानकारी दिइन् । यत्तिका रकम नआउँदा जिल्लाको अस्पताल चलाउन कठिन भएको अस्पताल प्रशासनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.