काठमाडौं । इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा-१ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मत परिणामअनुसार इलाम-२ मा नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले अग्रता कायमै राख्नु भएको छ । फाकफोकथुम गाउँपालिका १ र २ वडाको मत गणनामा खड्काले ११ सय ४५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले १ हजार ७३ मत पाउनु भएको छ । यसैगरी, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमलाई ३ सय ११ मत प्राप्त भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ सय ९ मत पाउनु भएको छ ।
बझाङ प्रदेशसभा-१ को पछिल्लो मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार भण्डारीले १२ सय ६३ मत पाउनु भएको छ भने नेपाली कांग्रेसका अभिशेकबहादुर सिंहले ६ सय ३६ मत ल्याउनु भएको छ । यसैगरी, माओवादी केन्द्रका जनक बुढालाई २ सय २६ मत प्राप्त भएको छ भने एकीकृत समाजवादीका दिलबहादुर सिंहलाई १ सय १५ मत प्राप्त भएको छ ।