अफगानिस्तान बाघलानमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१५ पुग्यो

वैशाख ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अफगानिस्तान बाघलानमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१५ पुग्यो

काठमाडौं । अफगानिस्तान उत्तरी राज्य बाघलानमा गत शुक्रबारको वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या तीन सय १५ पुगेको छ ।

बाढीका कारण करिब १६ सय मानिस घाइते भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्रालयका अनुसार बाढीले क्षतिग्रस्त क्षेत्रमा करिब ३ लाख १० हजार बालबालिका रहेका छन् । 

बाढीले उत्तरी क्षेत्र एउटा गाउँ नै बगाएर लगेको बताइएको छ । अस्पतालहरूमा पनि क्षति पुगेका कारण घाइतेहरूको उपचार गर्न निकै कठिनाइ भइरहेको स्वाथ्यकर्मीहरुले जनाएका छन् । 

उत्तरी क्षेत्र बाघलानको नाहरिन जिल्लामा बाढीका कारण खानेपानी तथा खाद्यान्नको पनि अभाव भएको बताइएको छ । 

तालिबान शासित अफगानिस्तानका अर्थमन्त्री दिन-मोहम्मद हानिफले संयुक्त राष्ट्रसंघलाई क्षतिग्रस्त क्षेत्रमा तत्काल मानवीय सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.