समानुपातिकमा कांग्रेससँगको मतान्तर बढाउँदै एमाले

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकमा कांग्रेससँगको मतान्तर बढाउँदै एमाले

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको मतगणना जारी रहँदा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगले मंगलबार बिहान ९ बजेसम्म प्रविष्ट गरेको तथ्यांकअनुसार एमालेले  २५ लाख ८४ हजार १९२ मत प्राप्त गरेको छ । एमालेले कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३२ हजार नघाएको छ । एमाले र कांग्रेसबीच १ लाख ३२ हजार १०९ मतको अन्तर रहेको छ । नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख मत कटाएको छ । माओवादी केन्द्रले ११ लाख ६४७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५१ हजार १०७ र जनता समाजवादी पार्टी नेपालले ३ लाख ५७ हजार ४६४ मत ल्याएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले थ्रेस होल्ड कटाउन लागेको छ । उसले हालसम्म २ लाख ९९ हजार ७८३ मत ल्याएको छ । जनमत पार्टीलाई थ्रेस होल्ड पार गर्न २१७ मत मात्रै आवश्यक छ ।

एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन साढे ३५ हजार बढी मत ल्याउन आवश्यक छ । एकीकृत समाजवादीले हाल २ लाख ६४ हजार ४७२ मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१ मत प्राप्त गरेको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.