अछाममा मतगणना जारी

मंसिर ५, २०७९ |खम्म खत्री
अछाममा मतगणना जारी

अछाम । अछामको क्षेत्र नम्बर १ मा मतगणना तयारी भइरहेको छ । अहिले मतपत्र पट्याउने काम जारी छ ।

अछाम क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादी शेरबहादुर कुँवर, नेकपा एमालेका झपटबहादुर बोहरा ,स्वतन्त्र उम्मेदवार राजन कुँवर, हिक्मत कुँवर र तेजप्रसाद उपाध्याय चुनावी मैदानमा छन् ।

प्रदेशसभा सदस्यतर्फ (क) मा नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेका देवबहादुर कुँवर, (ख) मा नेकपा एमालेका कृष्णप्रसाद जैसी र नेकपा माओवादीका झपट साउँद मैदानमा छन् ।

क्षेत्र नम्बर १ मा पनि सबैभन्दा पहिले प्रतिनिधिसभा सदस्यको मत गणना गर्ने तयारी छ ।

साँफेबगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मत गणनाका तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अछाम क्षेत्र नम्बर १ मा ४१ हजार ६ सय ४३ मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत ) मंगलसेनमा सुरु भएको हो ।

क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना भइरहेको बताइएको छ । अछाम क्षेत्र नम्बर २ मा ४१ हजार ८११ मत खसेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बोगटी, नेपाली कांग्रेसका पुष्पबहादुर शाह र स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगाना मैदानमा छन् ।

प्रदेशसभा सदस्यतर्फ (क) मा नेकपा एमालेका भीम विष्ट, माओवादी केन्द्रमा अक्कल रावल, स्वतन्त्र उम्मेदवार नृप विष्ट र प्रदेश सभा (ख) मा कांग्रेसका मानबहादुर रावल, एमालेका शिवप्रसाद उपाध्याय मैदानमा छन् ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।