वरिष्ठ नाटककार मुखियालाई सम्मान

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
वरिष्ठ नाटककार मुखियालाई सम्मान

काठमाडौं । वरिष्ठ नाटककार मनबहादुर मुखियालाई आज (शनिबार) काठमाडौंमा सम्मान गरिएको छ । साहित्य र नाटकमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

नेपाली साहित्य र नाटकमा आजीवन योगदान दिएको भन्दै कविडाँडा साहित्य समाज चितवनले मुखियालाई सम्मान गरेको हो । प्रसिद्ध नाटककार मुखियाका अँध्यारोमा बाँच्ने, अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ, क्रसमा टाँगिएको जिन्दगीजस्ता चर्चित नाटक प्रकाशित छन् ।

उनका नाटक रंगमञ्चमा समेत देखाइन्छ । सम्मान कार्यक्रममा उनको योगदानबारे साहित्यकार अभि सुवेदी, अशेष मल्ल, एलबी क्षेत्री लगायतले चर्चा गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement