नरेश राईको गैरआख्यान ‘पानी पतिया’ लोकार्पण

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नरेश राईको गैरआख्यान ‘पानी पतिया’ लोकार्पण

काठमाडौं । लेखक काङमाङ नरेश राईको गैरआख्यान ‘पानी पतिया’ बजारमा आएको छ ।

आज काठमाडौंस्थित मण्डला नाटकघरमा एक कार्यक्रम आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण मानुषी यमी भट्टराई, भोगिराज चाम्लिङ, प्राध्यापक तथा समीक्षक गुरुङ शुसान्तसहित लेखक राईले गर्नुभएको हो ।

लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय ‘पानी पतिया’को मूल विषय हो । भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गर्नु भएको छ ।

युद्ध साहित्यलाई आफ्नो ‘ब्रान्ड’ बनाउनु भएका लेखक राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुनुहुन्छ । फोनिक्स बुकस्‌ले प्रकाशन गरेको ‘पानी पतिया’को मूल्य ४ सय ९९ राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement