पुरुषोत्तमलोचन श्रेष्ठको ‘अन्तरङ्‌गका तरंगहरू’ सार्वजनिक

फाल्गुन २९, २०८० |सुन्दर शिल्पकार
पुरुषोत्तमलोचन श्रेष्ठको ‘अन्तरङ्‌गका तरंगहरू’ सार्वजनिक

भक्तपुर । इतिहासविद् प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठको ‘अन्तरङ्‌गका तरंगहरू’ नामक पुस्तक विमोचन भएको छ ।

भक्तपुरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच हिजो पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरेका हुन् ।

लेखकले ४० वर्ष देखि इतिहासको अध्ययन र खोज पछि ‘अन्तरङ्‌गका तरंगहरू’ तयार भएको बताए । यो पुस्तक भक्तपुरको इतिहास, चाडपर्व, कला संस्कृति र समग्र उपत्यकाभित्रको लिच्छविकालीन तथा मल्लकालीन समयका जीवनशैली तथा नेवार सभ्यताको अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि उपयोगी हुने कार्यक्रममा सहभागी समालोचकहरुले बताएका छन् ।

पुस्तकमा पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मका इतिहासका तथ्यहरूसमेत समावेश छन् ।

पुस्तकको मूल्य भने पाँच हजार रुपैयाँ राखिएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement