एकै परिवारका तीन जनाका चार किताब विमोचन

फाल्गुन २१, २०८०
एकै परिवारका तीन जनाका चार किताब विमोचन

काठमाडौं । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त विमोचन भएको हो ।  

१२ वर्षीय बालक त्रिदेव पौडेलले लेखेको ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, डा.देवकी आचार्यद्वारा रचित कथासङ्ग्रह ‘निलीमा र क्यामेरा’ र तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ पुस्तक काठमाडौंमा संयुक्त विमोचन गरिएको हो । लेखक त्रय एकै परिवारका सदस्य हुन् ।

त्रिदेवको आफ्नो पुस्तकमा कोभिड महामारीका बेलामा रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरु सङ्ग्रहित गरेका छन् । कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले त्रिदेवको पुस्तक 'नेपाललाई नेपाल बनाउने चाहना' मा अभिव्यक्त भएका विषयले देश बनाउनका लागि अगाडि बढ्न प्रेरित गरेको बताए । कार्यक्रमका प्राडा दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहको समीक्षा गरेका थिए । कार्यक्रममा बाल अधिकार, मानव अधिकार र साहित्यक्षेत्रका अग्रजहरु सहित करिब दुई सय जनाको उपस्थिति थियो ।


Enter Kantipur TV HD
Advertisement