८४ वर्षीय विकुनारायणको ‘मेरो ८ दशक’ सार्वजनिक

फाल्गुन १८, २०८० |कान्तिपुर टीभी संवाददाता
८४ वर्षीय विकुनारायणको ‘मेरो ८ दशक’ सार्वजनिक

काभ्रे । काभ्रेलाई मूल थलो बनाएर २०३५ सालदेखि पत्रकारिता गर्दै आएका ८४ वर्षीय विकुनारायण ताम्राकारले आफ्नो जीवन आठ दशकको भोगाइ समेटेर लेखिएको पुस्तक सार्वजनिक गरेका छन् ।

पुस्तकमा काभ्रे र आसपासको क्षेत्रका धार्मिक र सामाजिक अवस्थाबारे लेखिएको छ । पनौतीमा रहेको सचितीर्थ धाम जहाँ १२ वर्षमा लाग्ने मकर मेलाबारे पनि पुस्तकमा उल्लेख गरिएको छ ।

उनले बहालवाला राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मका तस्बिर पनि पुस्तकमा समावेश गरेका छन् । ४० पृष्ठको पुस्तकमा लेख रचना र ऐतिहासिक तस्बिरहरु समावेश छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.