कान्तिपुर समाचार, २४ वैशाख २०८१

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २४ वैशाख २०८१

आजका मुख्य समाचार,

* मापदण्ड कायम गर्न नसक्दा दशरथ रंगशालाले गुमायो अन्तर्राष्ट्रिय मान्यता / फ्लड लाइट र सुरक्षामा एएफसीको प्रश्न / यूएईसँगको विश्वकप छनोट नेपालमा नहुने ।

* जसपाबाट फुटेको समूहलाई निर्वाचन आयोगले दियो दलको वैधता / अवैधानिक भन्दै अध्यक्ष यादवपक्षको आपत्ति / ठूला दलको सत्ता स्वार्थमा मिसिँदा साना दल संकटमा ।

* ठूला कम्पनीमा एकपछि अर्को साइबर आक्रमण / डाटा नियन्त्रणमा लिएर लाखौं फिरौती असुली/ साइबर ब्युरोलाई अनुसन्धान र कारबाहीमै चुनौती ।

* सरकार महँगो शुल्क लगाएर विदेशी प्याज खुवाउँदै / नेपालमै उत्पादन बढाउने लक्ष्य असफल भए पनि गम्भीरता देखिएन / आयात प्रतिस्थापन र मूल्य स्थिर बनाउने योजनै छैन ।

* भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान भोलि / १२ राज्यका ९३ सिटका लागि मतदान / ईडीको छापामा झारखण्डबाट ३० करोड नगद बरामद ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.