नयाँ परराष्ट्रमन्त्रीले विपिन जोशीको उद्धारमा कस्तो पहल गर्लान् ? (भिडियो रिपोर्ट)

फाल्गुन २४, २०८० |हरिश्चन्द्र बाग
नयाँ परराष्ट्रमन्त्रीले विपिन जोशीको उद्धारमा कस्तो पहल गर्लान् ? (भिडियो रिपोर्ट)

कञ्चनपुर । गत असोज २० गते प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भयो भने कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन भए । उनलाई हमासले नियन्त्रणमा लिएको भनिए पनि पाँच महिनासम्म उनको अवस्था अज्ञात छ ।

सरकारले उनको उद्धारका लागि पहल गरिरहेको दाबी गरे पनि कुनै परिणाम देखिएको छैन । नयाँ परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ आएसँगै उनले विपिनको उद्धारमा कस्तो पहल चाल्लान् ? प्रस्तुत छ- कान्तिपुर टेलिभिजनले कञ्चनपुरस्थित विपिन जोशीको परिवारजनलाई भेटेर तयार पारिएको स्थलगत रिपोर्ट ।

विस्तृत भिडियोमा...


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।