पेरिस ओलम्पिक : ब्राजिल महिला फुटबलको फाइनलमा

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 पेरिस ओलम्पिक : ब्राजिल महिला फुटबलको फाइनलमा

काठमाडौं । ब्राजिल पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा विश्व च्याम्पियन स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलले अव उपाधिका लागि अमेरिकाको समाना गर्ने छ ।

खेल सुरु भएको छैठौं मिनेटमा स्पेनकी इरेन परे डेसले आत्मघाती गोल गरेपछि ब्राजिलले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गाबीले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाइन् । ७१ औं मिनेटमा एड्रियानाले ब्राजिलका लागि तेस्रो थपिन् । 

८५ औं मिनेटमा डुडा साम्पायो ले गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरिन् । तर अतिरिक्त समयमा केरोलिनले गोल गरेपछि ब्राजिलले ३-१ को अग्रता बनायो । साल्मा पारा-लुलोले सान्त्वना गोल फर्काए पनि त्यो स्पेनका लागि प्रयाप्त भएन ।

ब्राजिलले स्वर्ण पदकका लागि शनिबार अमेरिकाको समाना गर्नेछ । अमेरिकाले जर्मनीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ब्राजिलको महिला फुटबल टिमले हाल सम्म ओलम्पिक स्वर्ण जित्न सकेको छैन । २००४ र २००८ मा रजत पदक जितेको ब्राजिल दुबै पटक फाइनलमा अमेरिकासँग पराजित भएको थियो । कांस्य पदकका लागि शुक्रबार स्पेन र जर्मनी प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement