काभा महिला भलिबल नेसन्स लिग : श्रीलंकालाई सोझो सेटमा पराजित गरेको इरान तेस्रो

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल नेसन्स लिग : श्रीलंकालाई सोझो सेटमा पराजित गरेको इरान तेस्रो

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा इरान तीन-शून्यले विजयी भएको हो ।

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्म बनेको थियो । २१-२१ को बराबरीबाट अघि बढेर इरानले २५-२२ को जित दर्ता गरेको हो । दोस्रो सेटमा पनि एक समय श्रीलंकाले १३-१४ को अग्रता बनाएको थियो । तर इरानी खेलाडीको अट्याकमाझ श्रीलंकाली खेलाडी टिक्न सकेनन् ।

श्रीलंका २८-२६ ले पराजित भयो । श्रीलंकाले तीन पटक सेट पोइन्ट बचाए पनि २-० ले पछि पर्‍यो । तेस्रो सेटमा सुरुआतबाटै अघि रहेको इरानले १२-९ र १६-१२ को अग्रता बनाउँदै सेट कब्जा गर्‍यो । लिगको तेस्रो स्थान सुरक्षित गर्न उसले तेस्रो सेट २५-१७ ले जित्यो ।

इरान सेमिफाइनलमा नेपाल र श्रीलंका भारतसँग पराजित भएको थियो। लिग चरणमा भारतसँग मात्र हार ब्यहोरेको इरानले सेमिफाइनलमा भने नेपालसँग सोझो सेटमा पराजित भएको थियो । उसले श्रीलंका र माल्दिभ्सलाई लिग चरणमा हराएको थियो । प्रतियोगिताभर श्रीलंकाले भने माल्दिभ्सलाई मात्र हराउन सक्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement