काठमाडौं । आयरल्यान्ड उल्भ्सविरुद्धको जारी टी-ट्वेन्टी खेलमा नेपाल-एका लोकेश बमले सतक प्रहार गरेका छन् । टीयू क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्डले दिएको २ सय २३ रनको विसाल लक्ष्य पच्छ्याइरहेको नेपालका लागि लोकेशले ५६ बलमा १ सय ६ रन प्रहार गरेका हुन् ।
शतक बनाउने क्रममा लोकेशले ८ छक्का र ९ चौका प्रहार गरेका हुन् । लोकेशलाई आयरल्यान्डका थोमस मायसले १५औं ओभरको अन्तिम बलमा सिकार बनाए । नेपाल १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएर खेलिरहेको छ । क्रिजमा आरिफ सेख र किरण ठगुन्ना छन् ।
आयरल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान दिए । आयरल्यान्डका केड कार्निचेल र नेल रकले समान ३८ रनको योगदान दिए भने स्टेफन डोनीले ३४, गारेथ डेलानीले ३०, ग्याभिन हनीले १८ र रोस एडायरले २ रन बनाए । नेपालका तर्फबाट कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ सेखले १-१ विकेट लिएका थिए ।