रौतहटमा शनिबारदेखि टी-२० पालिका कपको सुरु, १८ वटा टिम सहभागी

फाल्गुन २७, २०८० |राजेश्वर पाण्डे
रौतहटमा शनिबारदेखि टी-२० पालिका कपको सुरु, १८ वटा टिम सहभागी

रौतहट । क्रिकेट क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्न र गुणस्तरीय खेलाडी तयार गर्न पहिलो पटक रौतहट जिल्लामा शनिबारदेखि टी-२० पालिका कपको सुरु भएको छ । रौतहटका १८ वटै पालिकाबाट प्रतिभावान् खेलाडी छनौट गरेर प्रत्येक पालिकाबाट एक/एक टिम गरी पालिका कप २०८० मा १८ वटा टिमको सहभागितामा छ ।

रौतहट क्रिकेट संघद्वारा आयोजित पालिका कपलाई व्यवस्थित एवं उत्कृष्ट खेलाडी उत्पादन गरेर रौतहटको टिम तयार गर्न अहिलेको आयोजनाबाट निकै टेवा पुग्ने रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहले बताए ।

टी-२० फर्मेटमा भइरहेको पालिका कपको उद्घाटन खेलमा चन्द्रपुर नगरपालिका लाई पराजित गर्दे दुर्गाभगवती गाउँपालिकाले विजयी सुरुवात गरेको छ । टस हरेर पहिले ब्याटिङ गरेका दुर्गाभगवतीले २० ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनाएको थियो । दुर्गाभगवतिका जागरनाथ दासले ४६ रन बनाएका थिए भने चंद्रपुरका अश्चल चौधरीले ३ विकेट लिएका थिए ।

१ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा चन्द्रपुरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो । चन्द्रपुरका दानिश अहमदले सर्वाधिक ३० रन बनाएका थिए भने दुर्गाभगवतिका आसिक झा ४ विकेट लिएका थिए ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।