राईले जिते छैटौं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि

सशस्त्र प्रहरी बलका भट्ट र तामाङ क्रमश: दोस्रो र तेस्रो
पुस ८, २०८० |लक्ष्मी गौतम
राईले जिते छैटौं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि

पाँचथर । छैटौं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीका श्रीकाश राईले जितेका छन् । उनले साढे नौ किलोमिटर २७ मिनेट ५६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

यस्तै सशस्त्र प्रहरी बलका नीरज भट्ट र राजेन्द्र तामाङ क्रमशः दोस्रो र तेस्रो भए । भट्टले २८ मिनेट ३ सेकेन्ड र तामाङले २८ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।

यस्तै मिनी म्याराथनमा महिलातर्फ भोजपुरकी जुलिन राई प्रथम स्थान हासिल गर्न सफल भइन् भने भोजपुरकै जुही राई दोस्रो र विनीता राई तेस्रो स्थान हात पार्न सफल भइन् ।

पुरुषतर्फको उपाधि विजेताले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे । यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँले पुरस्कृत गरियो ।

यस्तै पुरुषतर्फ पाँचजना र महिलातर्फ एकजनालाई सान्तवना स्वरुप नगद एक हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गराइएको थियो । पुरस्कृत धावकहरुलाई फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेलगायत अतिथिले पुरस्कार मेडल र प्रमाण-पत्र वितरण गरे ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।