विश्वकप फुटबल : समूह ‘एफ’ का दुई खेल हुँदै

मंसिर ११, २०७९
विश्वकप फुटबल : समूह ‘एफ’ का दुई खेल हुँदै

दोहा । कतारमा जारी विश्वकप फुटबलमा समूह ‘एफ’ का पनि दुई खेल हुँदैछन् । क्रोएसियाले क्यानडासँग प्रतिस्पर्धा गर्दा बेल्जियम र मोरोक्को आमनेसामने हुनेछन् ।

गत संस्करणको उपविजेता क्रोएसियाले आफ्नो पहिलो खेलमा मोरोक्कोसँग गोलरहित बराबरी खेलेको थियो । आज खलिफा रंगशालामा नेपाली समय अुनसार राति ९ : ४५ बजे हुने खेलमा क्रोएसिया पहिलो जितको खोजीमा हुनेछ । यता क्यानडाका प्रशिक्षक जोन हेर्डमनले क्रोएसियाली टिमसँग प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।

आफ्नो पहिलो खेलमा २४ सट अन टार्गेट राखेपनि बेल्जियमसँग १ – ० गोलले क्यानाडा हारेको थियो । सन् १९८६ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको क्यानडाले विश्वकपमा अहिलेसम्म गोल गर्न सकेको छैन । त्यतिबेला क्यानडा गोलरहित र जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यसअघि अल थुमामा रंगशालामा नेपाली समय अुनसार साँझ ६ : ४५ बजे बेल्जियम र मोरोक्को प्रतिस्पर्धामा उत्रिनेछन् । यो खेलमा जित हात पारे रोबर्टो मार्टिनेजको टोली बेल्जियम अन्तिम १६ मा प्रवेश गर्नेछ ।

मार्टिनेजले क्यानडासँगको खेललाई ६ वर्षको कार्यकालमा बेल्जियमले प्रदर्शन गरेको सबैभन्दा कमजोर प्राविधिक खेल भएको बताएका छन् । आज पनि बेल्जियमका स्टार रोमेलु लुकाकुले चोटका कारण खेल गुमाउने छन् । यता मोरोक्कोका मुख्य खेलाडी नुसेर मारौउ पनि घाइते छन् । सन् २००८ मा यी दुई टिमबीच मैत्रीपूर्ण खेलमा भेटहुँदा मोरोक्कोले ४ – १ गोलको जित हात पारेको थियो ।


Enter Kantipur TV HD
Advertisement