लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थन
चैत्र २३, २०८० |अमृता अनमोल
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त भएका छन् । 

माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ को २उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नियुक्त गरेका हुन् । उनलाई माओवादी केन्द्रसहित नेकपा एमाले, जनता समाजवादी, नागरिक उन्मुक्ति नेकपा समाजवादी  र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ ।

माओवादीका १०, एमालेका २९, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एसका एक र स्वतन्त्रका एक गरी ४८ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । 

यसअघि बिहीबार नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । नवनियुक्त मुख्यमन्त्री महराले आइतबारसम्म सानो मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने तयारी गरेका छन् । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।