
बाजुरा । फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएकाे छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी हुनु भएको हो । गिरीले १७ हजार १ सय ७३ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर थापाले १६ हजार ६ सय ३३ मत ल्याउनुभएकाे मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयाे ।
उहाँले दिनुभएकाे जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले तीन ४ सय २८ मत प्राप्त गरेको छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाहीले ३ सय ५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भुपेन्द्र वि.क.ले ३ सय ३३ प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयाे ।
कुल ८७ हजार ८ सय ६१ मतदातामा ४५ हजार ३ सय ९० मत खसेको थियो । खसेको मतको ५१ दशमलव ६६ प्रतिशत रहेको छ । खसेको मतगणना गर्दा ४३ हजार ८ सय ९६ मत सदर र एक हजार ३ सय ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।