झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहकाे जित

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहकाे जित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरसहित विजयी हुनुभएकाे छ ।

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका वरिष्ठ नेता शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्नुभएकाे हाे । ओलीलाई उहाँले ४९ हजार ६ सय १४ मतले पराजित गर्नुभएकाे हाे । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित हुनुभयाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.