‘हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैन’

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कुटनीति) मा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहने बताउनु भयो । 

लामिछानेले देशको निजी क्षेत्र र उद्योगी व्यवसायीहरूलाई अब राजनीतिक दल र नेताहरूको चाकडी गर्नुपर्ने दिनको अन्त्य भएको दाबी गर्नुभयो । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन रास्वपाले विशेष नीति ल्याउने र त्यसले लगानीकर्ताको पूर्ण रक्षा गर्ने उहाँले दाबी गर्नुभयो ।

विभिन्न पेसा व्यवसायमा आबद्ध नागरिकहरूलाई नआत्तिन आग्रह गर्दै उहाँले पार्टीको वाचा पत्रअनुसार नै जनताको हक हितको रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.