कञ्चनपुर क्षेत्र नं. २ मा रास्वपाका दीपकराज बोहरा निर्वाचित

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुर क्षेत्र नं. २ मा रास्वपाका दीपकराज बोहरा निर्वाचित

कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहरा ३३ हजार ९ सय ५२ मतसहित विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण प्रकाश साउदले १० हजार ८ सय २७ मत प्राप्त गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का बचन बहादुर सिंह ६ हजार ४ सय १८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ भने नेपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्त ६ हजार ३३७ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थ राज चटौतले १ हजार ९ सय ९३ मत प्राप्त गर्नुभएकाे छ । नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले ५६० मत पाउँनुभएकाे छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १ सय ९५ मत, राष्ट्रिय जनमोर्चाका राम बहादुर कार्कीले १ सय ४५ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का लोकेन्द्र बहादुर विकले १ सय ४३ मत र जनमत पार्टीका राम चन्द्र भट्टले १ सय २५ मत प्राप्त गर्नुभएकाे छ।

त्यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र व साउदले ९३ मत, स्वतन्त्र उम्मेदवार बिरेन्द्र रानाले ८१ मत, नेपाल मजदुर किसान पार्टीका सिता राम रानाले ७२ मत, स्वतन्त्र उम्मेदवार हरिस बहादुर भट्टले ४४ मत, आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत, संयुक्त नागरिक पार्टीका खडक ताम्राकारले ३२ मत, स्वतन्त्र उम्मेदवार भानु भक्त वोहराले २६ मत, स्वतन्त्र उम्मेदवार सिद्धराज जोशीले १९ मत र मितेरी पार्टी नेपालका तेज बहादुर वडवालले १८ मत प्राप्त गर्नुभएकाे छ ।

कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६४ हजार ८८१ मत खसेको थियो । जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष रहेका छन् । यहाँ ५९.२१ प्रतिशत मतदान भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.