अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । अर्घाखाँची राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार हरिप्रसाद भुसाल विजयी हुनुभएकाे छ  ।

उहाँले ३५ हजार २३ मत ल्याएर विजयी हुनुभयाे । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पिताम्बार भुसाललाई १२ हजार ३ सय ७४ मत मतान्तरले पराजित गर्दै हरिप्रसाद विजयी हुनुभएको हो । पिताम्बरले २२ हजार ६ सय ४९ मत ल्याउनु भयो । कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९ सय ८३ मत ल्याउनुभएकाे छ । नेकपा उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत ल्याउनु भयो ।

अर्घाखाँचीमा कुल मतदाता १ लाख ७१ हजार ६ सय ५२ छन् । जसमध्ये ८६ हजार ६ सय ६८ मत खसेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँ-गाउँमा रास्वपाको समिति निर्माण गर्न सुरुदेखि नै लाग्नुभएकाे थियाे । 

 भुसाल २०७९ सालको प्रतिनिधि सभामा पनि रास्वपाबाटै उम्मेदवार हुनुहुन्थयो । उहाँले २०७९ सालको निर्वाचनमा ३२ सय मत ल्याउनुभएकाे थियो । भुसालले १२ हजार ३ सय ७४ मत मतान्तरले विजयी हरिप्रसाद भुसालले जिल्लाको सुसाशन र बेथितिथिको विरूद्धमा खरो उत्रने प्रतिबद्धता व्यक्त गनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.