रोल्पामा वर्षमानको अग्रता कायमै

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोल्पामा वर्षमानको अग्रता कायमै

रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुनले रोल्पामा अग्रता कायमै राख्नुभएको छ।

एउटामात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा पुनले नेकपा माओवादी उम्मेदवार चुडामणी वली भन्दा ९ सय १२ मत अन्तरले अगाडि हुनुहुन्छ । 

अहिलेसम्म ३ हजार २ सय ४२ मत गणना हुँदा पुनले १ हजार ४ सय ७६ पाउनु भएको छ । उहाँलाई पछ्याइरहेका नेकपा माओवादीका उम्मेदवार चुडामणी वलिले ५ सय ६४ मत पाउनुभएको छ ।

त्यस्तै एमाले उम्मेदवार गोकुलप्रसाद घर्तीले ४ सय ३०, कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलिले ४०८, रास्वपाका उम्मेदवार बालराम थापाले १ सय ५४  मत पाउनु भएको छ ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार कुमार घर्तीमगरले ४२, राष्ट्रिय जनमोर्चाका उम्मेदवार मेखबहादुर विष्ट २५, नेशनल रिपब्लिक नेपालका उम्मेदवार मनबहादुर घर्तीमगर १८, राप्रपाका उम्मेदवार अमरबहादुर थापाले १२ र आम जनता पार्टीका उम्मेदवार दिलबहादुर कामीले ९ मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म १ सय ४ मत  बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.