
गोरखा । मौसम खराबीका कारण उत्तरी गोरखाबाट मतपेटिका बाेकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरा अवतरण भएको छ ।
चुमनुब्री-१ स्थित साम्दो र गौरीशंकर आधारभूत विद्यालयको मतपेटिका बाेकेको हेलिकप्टर पोखरा अवतरण भएको हो । उत्तरी गोरखाको २३ मध्ये सातवटा मतदान केन्द्रको मतपेटिका भने गोरखा ल्याइसकिएको छ । अझै उत्तरी क्षेत्रको १४ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी छ ।
मौसम खराबीका कारण ति मतदान केन्द्रबाट मतपेटिका ढुवानी प्रभावित बनेको छ ।