
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई भयमुक्त गराउने गरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित सोमबार काठमाडाैंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय रूपमा सम्पन्न गराउनका लागि प्रहरीहरूको भुमिका अझै प्रभावकारी हुनुपर्ने बताउनु भयो ।
उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर नेपाल प्रहरीले विगतमा जस्तै आफ्नो व्यवसायिक दक्षता प्रमाणित गरेर देखाउने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी पूर्णरूपमा तटस्थ, व्यवसायिक र कानुन अनुसार चल्ने भएकाले उसको निष्पक्षमाथि कसैले पनि प्रश्न उठाउन सक्ने बताउनु भयो । उहाँले कुनै पनि तत्वको दबाबमा नेपाल प्रहरी नपर्ने समेत बताउनु भयो ।