काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीस्थित निवासमा गए राति १ बजे निधन भएको हो ।

२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गर्नु भएको थियो । सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ ।

गत वर्ष सिंहको पेटको शल्यक्रिया गरिएको थियो । उहाँ लामो समयदेखि अस्वस्थ हुनु हुन्थ्यो ।

उहाँको शव बिहान ११ बजेसम्म घरमै श्रद्धाञ्जलीका लागि राखिने र डल्लुमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement