एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना को-को हुन् ?

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना को-को हुन् ?

काठमाडौं । आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।

क्याप्टेन अरुण मल्लसहित ४ चिनियाँ नागरिकहरूको मृत्यु भएको छ । मृत्यु हुने चिनियाँ नागरिकहरु जुताड ताङ, ताइ ली, यीयाड वु र जेमिङ जी रहेका छन् ।

४ जना चिनियाँ नागरिक मध्ये ३ जना पुरुर र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।

आज (बुधबार) नुवाकोटको शिवपुरी-७ को सूर्य चौरको डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD हेलिकोप्टर दुर्घटना भएको थियो ।  हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटमै दुर्घटनामा परेको थियो ।

 दुर्घटना भएको हेलिकोप्टरले  चार जना चिनियाँ नागरिकलाई स्याफ्रुबेँसी छाडेर त्यहाँबाट विदेशी नै लिएर फर्कने तालिका थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement