अपडेट : दुर्घटना भएको हेलिकोप्टररमा सवार ५ जनाकै मृत्यु

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : दुर्घटना भएको हेलिकोप्टररमा सवार ५ जनाकै मृत्यु

काठमाडौं । नुवाकोटमा दुर्घटना भएको हेलिकोप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा रहेका ४ जना चिनिया नागरिक मध्ये ३ जना पुरुर र एक जना महिला रहेको प्रहरीले जनाएको छ । 

आज नुवाकोटको शिवपुरी-७ को सूर्य चौरको डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD हेलिकोप्टर दुर्घटना भएको थियो । हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटमै दुर्घटनामा परेको थियो । 

हेलिकप्टर क्याप्टेन अरुण मल्लले चलाएका थिए । उक्त हेलिकप्टरमा चार जना विदेशीलाई स्याफ्रुबेँसी छाडेर त्यहाँबाट विदेशी नै लिएर आउने तालिका थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement