काभ्रे प्रहरीले नियन्त्रणमा लियो राजस्व छलेर ल्याइएका सामान

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रे प्रहरीले नियन्त्रणमा लियो राजस्व छलेर ल्याइएका सामान

काभ्रे । काभ्रेको धुलिखेलबाट प्रहरीले चेकजाँचको क्रममा राजश्व छलेर ल्याइएको चामल, दाल, केराउ र चिनी बरामत गरेको छ ।

आज दिउँसो धुलिखेल नगरपालिका-९ बीपी राजमार्ग स्थित काभ्रेभञ्ज्याङमा सवारी साधन चेकजाँच गर्ने क्रममा धनुषाबाट काठमाडौंको गोकर्णेश्वरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ ख ०२१८ नम्बरको ट्रकबाट दाल , चामल ,चिनी र केराउ आवश्यक कागजत नभएको भन्दै काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले २० केजी र २५ केजीको प्याकिङ भएको चामल ४५ बोरा, २५ र ३० किलोको प्याकिङ भएको दाल २५ बोरा, प्रती बोरा ३० केजीको प्याकिङ रहेको केराउ ५ बोरा र ५० केजीको प्याकिङ भएको चिनी १५० बोरा नियन्त्रणमा लिएर हरिहर भवन ललितपुर पठाइएको हो ।

प्रहरीले ट्रक चालक हिरा तामाङ पनि नियन्त्रणमा लिएको छ । चालकलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको काभ्रे प्रहरीका सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement