भूकम्प प्रभावित विद्यार्थीलाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूकम्प प्रभावित विद्यार्थीलाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण

रुकुमपश्चिम । रुकुमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित  विद्यार्थीलाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।

भूकम्पका कारण घर र विद्यालय भत्किएकापछि साँघुरो ठाउँमा वितरित झोलालाई नै विद्यार्थीले डेस्कका रूपमा उपयोग गर्न सक्ने भएका छन् । 

सानीभेरी गाउँपालिकाका १९ सय ९६ र आठवीसकोट नगरपालिकाका २ सय ६८ जना १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement