४ करोडमा बन्यो गुम्बा, स्थानीय र दाताले गरे सहयोग

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
४ करोडमा बन्यो गुम्बा, स्थानीय र दाताले गरे सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६, मान्द्रको थाङसिङपोलेमा चन्दा संकलन गरी गुम्बा निर्माण गरेका छन् ।

स्थानीय र दाताको सहयोगमा दरले चन्द संकलन गरेर करिब चार करोड रुपैयाँमा ज्याङ छयुप छयुर्तेन गुम्बा निर्माण गरेका हुन् ।

शेर्पा र तामाङ समुदायको बासोबास रहेको मान्द्रामा पूजापाठ, ल्होसार, बिहे व्रतबन्धलगायत कार्यकाल लागि पाहुना घरसहित नयाँ गुम्बा बनाउन स्थानीय जुटेका थिए ।

२०६७ सालदेखि निर्माण सुरु भएको छयर्तेनमा भूकम्प र बाढी-पहिरोका कारण बाटो बन्द हुदा निर्माणको लागि १४ वर्ष लागेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement