कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा एक जना भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ ।
युपी ५५ एएच २०५७ नंबरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजे नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई टयाम्पुमा राखेर अपहरण गरिएको थियो । उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको खाली कोठामा लागेर बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवरत्न पौडेलले बताए ।
घटनामा संलग्न भएको आशंकामा ३ नेपाली नागरिक पक्राउ परेका छन् । मृतकको शव बिहीबार राति १२ बजे फेला परेको थियो । आर्थिक लेनदेनका कारण हत्या भएको आशंका गरिएको छ ।