धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

वैशाख २, २०८१ |पोषनाथ अधिकारी
धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

धादिङ । धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु छ । निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो । 

दुर्घटनाको खबर पाए लगतै प्रहरी र एम्बुलेन्स घटनस्थल तर्फ जाँदै छ । दुर्घटनामा घाइते भएका ९ जनाको उद्दार गरेर अस्पताल लैजाँदै गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ मन्त्री नेमबहादुर श्रेष्ठले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।