लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय हटाउने

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय हटाउने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय हटाउने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

प्रदेश राजधानीको मुख्य कार्यालय दाङमै रहेकाले बुटवलमा रहेको कार्यालय प्रयोजनविहीन भएका कारण हटाउने निर्णय गरिएको सरकारले जनाएको छ । नयाँ ठाउँमा प्रदेश राजधानी सरेको र निमार्णको काम चलिरहेकाले केही समय असहज भए पनि प्रदेश मातहतका सबै कार्यालय दाङमै ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास भने यथावत थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.