दोलखामा ३ केजी गाँजासहित एक जना पक्राउ

चैत्र २६, २०८० |केदार शिवाकोटी
दोलखामा ३ केजी गाँजासहित एक जना पक्राउ

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-५ किराँतीछापमा ३ केजी गाँजासिहत एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको वैत्यश्वर गाउँपालिका-५ मैना पोखरीका २६ वर्षीय मिजार रहेका छन् ।

सोमबार बिहान जिरीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसमा किराँतीछाप प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा मिजार गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा बोकेको बा ५ख ८०३१ नम्बरको बस पनि नियन्त्रणमा लिएको छ । गाँजासिहत पक्राउ परेका मिजारमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।