डोल्पामा एक घरमा आगलागी, ३ लाख भन्दा बढीको क्षति

चैत्र २२, २०८० |सरोज थापा
डोल्पामा एक घरमा आगलागी, ३ लाख भन्दा बढीको क्षति

डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुनामा एक घरमा आगलागी भएको छ । आगलागी हुँदा मुड्केचुला-३ भित्र पर्ने मालुवाकुनामा रहेको एक तले घर जलेर ३ लाख भन्दा बढीको भौतिक सामाग्री नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

आगलागीमा भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । बुधबार बेलुका त्यही बाटो गाउँपालिका फर्कदै गरेका मुड्केचुला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जल्दै गरेको घर देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयको उपस्थितिमा आगो नियन्त्रण गरिए पनि घरका समानहरू जलेर नष्ट भएका हुन् । यातायात तथा दमकलको पहुँच नहुँदा सानो आगलागीले पनि ठूलो क्षति भएको स्थानीयको भनाइ छ ।  


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।