मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतीकात्मक तस्बिर ।

मुगु । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

गमगढीबाट सोरु तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१-ज. ००५९ नम्बरको जिप सोरु गाउँपालिकास्थित कच्चे भन्ने स्थानमा बुधबार अपराह्न ४ बजेतिर दुर्घटना हुँदा सवारीचालक कविराज नेपाली र परिचय नखुलेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार घाइते चार जनाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । सडकबाट जिप एक सय मिटर तल खसेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement